म तपाईहरु सम्पूर्णमा मेरो नयाँ व्लग "Exponential Entrepreneurship Initiative
(E2I)" मा स्वागत गर्न चहान्छु । मेरो नाम सुरज दंगाल हो र म झापा नेपालबाट हुँ । म सन् २००२ देखि विभिन्न स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ संस्था र नेपाल सरकारका विभिन्न परियोजनासँग आवद्ध भएर सामाजिक तथा आर्थिक विकासका परियोजनामा कार्य गरिरहेको छु । यस व्लगमा मार्फत उद्यमशिलतामा गुणात्मक विकास तथा व्यक्तित्व विकास गर्नका लागि आवश्यक ज्ञान, सीप र क्षमता विकास सम्बन्धी छलफल गर्ने छु ।
हाल कोरोना महामारीका कारणले विश्व आक्रान्त छ र विश्व लकडाउनको अवस्थामा छ । नेपाल पनि लकडाउन भएको ३० दिन बढी भइसकेको छ र हामी आफ्नो पेशा व्यवसाय बन्द गरि घरमा बस्न बाध्य छौ र कोरोना रोकथाममा लागि यहि सही उपाय पनि हो । हालको अवस्थामा समस्या सँगै अवसर पनि छ, हामीसँग हाम्रो लागि दिने पर्याप्त समय छ । यो अवधीमा हामी आफ्नो ज्ञान, सीप र क्षमतामा विकास गर्न सक्छौ, नयाँ बानी तथा जीवनशैलीको विकास गर्न सक्छौ र आफ्नो इच्छा अनुसारको नयाँ कार्यको थालनी गर्न सक्छौ । समयलाई फगत व्यतित गर्नु भन्दा पनि समयको सहि सदुपयोग र लगानी गर्न सक्छौ । मेरो यो व्लग लेख्ने प्रयत्न पनि यहि ३० दिनको घर बसाइको उपज हो । मेरो इच्छाको एउटा काम जुन काम आज देखि तपाईहरु माझ पुग्दैछ र सँगै पुग्दैछ मसँग भएका ज्ञान, सीप, अनुभव र विचार पनि ।
माथि उल्लेख भए बमोजिम यस व्लग मर्फत उद्यमशिलता विकासका विभिन्न पक्ष, उद्यमशिलतामा गुणात्मक वृद्धि, व्यक्तित्व विकास तथा अन्य सम्बन्धीत विषयवस्तुहरु प्रस्तुत गर्नेछु । यो व्लग लेख्नुको मुलभुत दुईवटा उद्धेश्य रहेका छन् । पहिलो सम्पूर्ण विषयवस्तुलाई नेपाली भाषमा प्रस्तुत गर्नेछु । र दोस्रो उद्धेश्य यहाँहरु समक्ष सरल बोलीचालीको भाषामा विषयवस्तु प्रस्तुत गनेछु र प्राविधिक भाषाको न्यूनतम प्रयोग गर्नेछु ।यस व्लगमा म हप्तामा कम्तिमा एउटा फरक विषयवस्तुमा छलफल गर्नेछु र यहाँहरुको चासो तथा जिज्ञासाहरुको सम्बोधन गर्ने प्रयास गर्नेछु ।
अन्तयमा मेरो यो नयाँ तथा फरक भुमिकाको यात्रामा यहाँहरुको सहयात्राको अपेक्षा गर्दछु । यो व्लग केवल मेरो व्यक्तिगत मात्र नभइ यहाँहरु सम्पूर्णको भएको जनाकारी गराउन चहान्छु । यस व्लगमा प्रकासित सामाग्रीहरुमा यहाँहरुको कुनै चासो तथा जिज्ञासाहरुभए कमेन्टमा प्रसित गर्नुहुन अनुरोध गर्दछु र यहाँ प्रकाशित सामाग्रीहरु उपयोगी भए सो सामाग्रीलाई सेयर गरिदिनु हुन अनुरोध गर्दछु ।
🙏🙏😮
ReplyDeleteNamaskar ! Thankyou very much for your compliment. Please stay connect for more valuable contents.
DeletePost a Comment
Please do not enter any spam link in the comment box.